बैंक शनिबार पनि खुल्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

बैंक तथा वित्तीय संस्था शनिबार पनि खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले जेठ ३२ गतेसम्म शनिबार तथा सार्वजनिक बिदामासमेत पूर्णकालीन रुपमा खुला राख्न बिहीबार निर्देशन दिएपछि शनिबार बैंकहरु खुल्ने भएका हुन्।

राजस्व बुझ्ने प्रयोजनका लागि बैंकका शाखा खुला राख्न निर्देशन दिइएको हो। कोरोना भाइरसका कारण राजस्व उठ्न नसकेको भन्दै सर्वसाधारणको सहजताका लागि बैकहरु खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।