आज सुनचाँदीको मूल्य कति ?



न्युज अफ नेपाल, काठमाडौँ ।

शुक्रबार सुनकाे मूल्य यथावत् रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुन बिहीबार ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य घटेर शुक्रबार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बिहीबार ९ सय ५० रुपैयाँ प्रतितोला कारोबार भएको महासंघले जनाएको छ। जेट २५ गतेबाट सुनचाँदी बजार खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्