एनआइसी एसिया बैंकको एटिएममा तोडफोड



न्युज अफ नेपाल, धनगढी ।

धनगढीमा रहेको एनआइसी एसिया बैंकको प्रादेशिक कार्यालयमा रहेको एटिएममा बिहीबार राति तोडफोड भएको छ।
धनगढी चौराहास्थित कार्यालयको एटिएम राती १२ बजे तोडफोड भएको बैंकको सिसिटिभि फुटेजका देखिएको हो ।

माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनावारे अनुसन्धान जारी गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता प्रतिक बिष्टले एटिएमको बाहिरको ढोकामा क्षति पुगे जानकारी दिए । मेसिन सुरक्षित रहेकोले पैसा निकालिएको वा नदेखिएको पनि उनको भनाइ छ ।

एटिएममा के कति पैसा थियो र कति चोरी भयो भन्ने बारेमा विस्तृत विवरण उपलब्ध भएको छैन। प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्