न्युज अफ नेपाल, नवलपरासी ।
मिचिएको भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघ पूर्वि नवलपरासीले कावासोतीमा भारत विरुद्ध प्रदर्शन गरेको छ ।
कोरोनाको सन्त्रास विच विद्यार्थीहरुले सामाजिक दुरी कायम गर्दै हात हातमा प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेकाहुन् ।
नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाई उद्घाटन गरि सक्दा कानमा तेल हालेर बस्ने सरकारी रवैया प्रति विद्यार्थीहरुले रोस प्रकट गरेकाछन् ।
विद्यार्थीहरुले आफूहरुको आन्दोलन सांकेतिक भएको जनाउदै नेपाल सरकारसंग भारतद्धारा मिचिएको नेपाली भूमि अविलम्व फिर्ता गर्न प्रभावकारी कुटनैतिक पहल थाल्न माग गरेकाछन् ।
आफ्ना मागलाई सरकारले वेवास्ता गरी चुप बसिरहे आफ्नो संगठन भूमि फिर्ताका लागि जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने विद्यार्थीहरुको चेतावनी रहेको छ ।
सरकार विरुद्ध चर्का नाराबाजी सहित गएिको विरोध प्रदर्शनमा नेवि संघका केन्द्र देखि जिल्ला तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया