छुद्रग्रहबाट बच्यो पृथ्वी



लन्डन (एजेन्सी) । 

अन्तरिक्षमा लगातार निगरानी गरिरहने विश्वभरीका वैज्ञानिकहरु त्यतिबेला स्तब्ध भए जब एउटा भ्यान आकारको खतरनाक छुद्रग्रह २०२० जेजे पृथ्वीको अत्यन्त नजिकबाट बुधबार हुईकिए । यो छुद्रग्रह पृथ्वीको ९ हजार माइलको दायरामा आएको थियो । यो पृथ्वीको अहिलेसम्म सबैभन्दा नजिक भएर गएका आकाशिय पिण्डहरु मध्यको एक भएको बताइएको छ । यो पिण्ड जानकारीमा आएपछि वैज्ञानिकहरुबीच एक प्रकारको हल्लीखल्ली मच्चिएको थियो ।

वैज्ञानिकहरुका अनुसार यो छुद्रग्रह ८ हजार ३ सय १० माइल दुरीबाट गए । यो पृथ्वीबाट चन्द्रमाको दुरीको ३ प्रतिशत मात्र हो । अन्तरिक्षमा विचरण गरिरहेको यो छुद्र ग्रहको नाम २०२० जेजे हो र यो आकारमा सानो भएकोले टेलिस्कोपलाई ठम्याउन गाह्रो भएको हो । जब यो सिधै पृथ्वीको माथि आइसकेको थियो, त्यतिबेलामात्रै वैज्ञानिकहरुलाई यसको बारेमा थाहा भयो ।

डेली मेलका अनुसार वैज्ञानिकहरुले धोखा खानुका कारण यसको आकार थियो । अन्तरिक्ष विज्ञान लेखिका नटाली स्टाकीले भने ( हामी ठुला आकारका एस्टेरोइड पत्ता लगाउनमा अत्यन्त सक्षम छौं, जुन कम्तिमा एक किलोमिटर वा त्यो भन्दा ठुला हुन्छन् । तर अन्तरिक्षमा धेरै नै त्यसता चट्टान छन् जसले परिक्रमा गरिरहेका छन् । त्यसस्ता चट्टानहरुका बारेमा थाहा पाउन अत्यन्त कठिन हुन्छ ।

केही दिन अघि मात्रै छुद्रग्रह १९९८ ओआर २ पृथ्वीबाट करिब ६३ लाख किलोमिटरको दुरीमा १९ हजार किलोमिटर प्रतिघन्टाको बेगमा गएको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यसता करिब २२ उल्कापिन्डहरु छन् जुन आगामी बर्षहरुमा पृथ्वीको नजिक आउन सक्छ र ठोक्किने सम्भावना हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्