बाजुराका आठ जना झुलाघाटमा अलपत्र, सातदिन देखि नहरमुनीको बास



दयाराम पण्डित, बाजुरा  ।

बाजुराका आठ नेपालीनागरिक एक साता देखि भारतीय सीमा झुलाघाटमा अलपत्र परेका छन् । बुढिनन्दा नगरपालिकाका नागरिकहरू भारतको लुवाघाटमा दैनिक मजदरी गर्दै आएका थिए। वैशाख १८ गते सीमानाका खुलेको सूचना पाएपछि उनीहरु लुवाघाट हिडेर वैशाख १९ गते मात्रै झुलाघाट आइपुगेका थिए।उनीहरु झुलाघाट आइपुग्दा सम्म सिमानाका बन्द भएपछि अलपत्र परेका हुन् ।

भारतमा समेत लकडाउन भएको र आफूहरुसँग पैसा नभएकाले सडकको कल्भर्टमा बसेर दिनरात बिताउनु परेको रमेश रोकायाले बताउनुभयो । ‘सीमानाका खुला हुन्छ भनेर लुवाघाटबाट आयौं । गाडी नपाउँदा हिडेरै आउँदा ढिलो भयो।’ मनबहादुर बोहरले भन्नुभयो । आफूहरु आउँदा नेपाल छिर्ने नाकाबन्द भइसकेको र कतै ठाउँ नपाएपछि सडकको कल्भर्टमा बास बसिरहेको बताउनुभएको छ ।

एक महिनादेखि काम विहीन भएर बसेकाले अहिले बेखर्ची भएको बताएका छन् । चाउचाउ बिस्कुट खाएर छाक टारिरहेको बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगाउपानीका रमेश रोकायाले जानकारी दिनुभएको छ । ‘आठै जनासँग पैसा पनि छैन् ,अलिभएको पैसाले बिस्कुट र चाउचाउ किनेर खाइरहेको, ’कल्भर्टमा भुइमै बसेर रात कटाइरहेको, लामखुट्टेले टोकेर हैरान बनाएको र भोकभोकै भएकाले उद्धारका लागि सरकारसँग माग गर्दछौं रोकायले भन्नुभएको छ ।

बाजुराका नागरिक अलपत्र परेको खवर पछि जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालयको सहयोग मागेको छ । बाजुरा बुढिनन्दा नगरपालिकाका अलपत्र नागरिकलाइ उद्धार गर्न नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई आफ्ना नागरिक ल्याइदिन सहयोग मागेको वडा अध्यक्ष रामबहादुर बोहराले बताउनुभयो ।बुढिनन्दा नगरपालिकाले नागरिकको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले गृहमन्त्रालयको सहयोग मागेको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले बताउनु भएको छ ।

८ नेपाली कल्भर्टमा बस्न बाध्यभएको थाहा पाएपछि स्थानीय प्रशासनसँग समन्वय गरी व्यवस्थापनका लागि पहल गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले यस विषयमा आफूलाई जानकारी प्राप्त भएको र भारतको पिथौरागढ जिल्लाका डिएमसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिनुभएको छ। अलपत्र परेका नेपालीहरुले भारतीय क्वारेन्टाइन मै भए पनि बसोबासका व्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।्र

‘हामी पुस महिनामा कामका लागि लुवाघाट गएका हौं। त्यहाँपनि एक महिना बिना काम बस्नुप¥यो।’ बुढीनन्द नगरपालिका–८ का धनबहादुर बुढाले भन्नुभयो ‘नाका खुल्यो भनेर आएका थियौँ। तर यहाँ आएर झन् समस्यामा प¥यौँ, भारतीय क्वारेन्टाइन मै राख्ने व्यवस्था पनि गरिदिए खुसी हुन्थ्यौं।’

अलपत्र पर्नेमा बाजुराको बुढीनन्दा नगरपालिका–९ का मनबहादुर बोहरा, रमेश रोकाया, शिव रोकाया, कासीबोहरा, एकेन्द्र बोहरा, चन्द्र बोहरा, भीमबोहरा र बुढीनन्द नगरपालिका ८ का धनबहादुर बोहरा छन्।

प्रतिक्रिया दिनुहोस्