नगर प्रमुखलाई कुटपिटः अभियोगमा युवा संघका जिल्ला संयोजक निलम्वन



बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोट भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तिलाई कुटपिट गरेको अभियोगमा राष्टिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन्द्र शाहीलाइै निलम्वन गरिएको छ । राष्टिय युवा संघ नेपालले मंगलवार प्रेस विज्ञप्ती प्रकाशित गरि शाहीलाई संयोजकको जिम्मेवारीबाट निलम्वन गरेको हो ।

राष्टिय युवा संघ नेपालका केन्द्रिय संयोजक राम प्रसाद सापकोटा दीपशिखा, सह संयोजक रमेश पौडेल द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गत वैशाख १२ गते नेपाल कम्युनिष्ट पार्टी प्रदेश कमिटिी सदस्य, भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकश घर्ति माथि जिल्ला संयोजक शाही नेतृत्वको समुहले आक्रमण गरि घाईते वनाएको भन्दै संघको अन्तरिक विधान २०७६ अनुसार संयोजक लगाएत युवा संघको जिम्मेवारीबाट निलम्बन गरिएको प्रेस विज्ञाप्तीमा उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि, प्रदेश कमिटी र युवा संघ जाजरकोट स्थित केन्द्रिय सदस्यहरुले निकालेको विज्ञप्तीलाई आधार मानेर निलम्बन गरिएको जनाईएको छ ।

उक्त घटनाको सत्य तथ्य छानविनका लागी पाँच सदस्य छानविन समिति समेत गठन गरेको छ । छानविन समितिमा केन्द्रिय सदस्यहरु मनोज विक, विश्व विक्रम शाह, राजन थापा, भिम रोकाय र भिम जिसि रहनु भएको छ । संगठनको कार्यवाहक संयोजनको जिम्मेवारी भिम जिसीलाई प्रदान गरिएको छ ।

जिल्ला संयोजनक शाहीले नगर प्रमुख घर्तिलाई स्थानिय जनताले कुटपिट गरेको आफनो संलग्नता नरहेको जिकिर गर्दैै आउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्