मजदूरलाई पारिश्रमिक दिन समस्या: निजी क्षेत्र



काठमाडौं, (नेस)
लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले आप्ना श्रमिकलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले जनाएका छन् ।

निजी क्षेत्रका दुई संगठनले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले ५० प्रतिशतभन्दा बढी पारिश्रमिक भुक्तानी गर्न कठिन भएकाले भन्दै सरकारले गरेका निर्णय कार्यान्वयन गर्न समस्या देखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्