वल्र्ड भिजन इन्टरनेशनल नेपालद्वारा ३ सय २० पीपीई र ३६ आई.आर थर्मोमिटर सहयोग



न्युज अफ नेपाल, धनगढी ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालले सुदूरपश्चिम प्रदेशसरकारलाई ३२० पीपीई र ३६ इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टलाई सामाजिक विकास मन्त्री कृष्ण सुवेदी समेतको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

आफ्नो तीन महिने कोभिड—१९ प्रतिकार्य योजना अन्तर्गत नेपाल सरकारलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न कोभिड—१९ प्रभावित बालबालिका, महिला तथा अत्ति जोखिममा रहेका समुदायहरुलाई सहयोग गर्ने वल्र्ड भिजन इन्टरनेशनल नेपालले जनाएको छ ।

हस्तान्तरण समारोहमा बोल्दै मुख्यन्त्रीले भन्नुभयो– ‘सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण देखिएको र त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकार सफल रहेको साथै सक्षम पनि रहेको छ ।’ वल्र्डभिजन संस्थाले विपद्को अवस्थामा ब्यक्तिगत सुरक्षाको समाग्रीहरु सहयोग गरेकोमा वल्र्ड भिजनलाई धन्यवाद ब्यक्त गर्नु भएको छ । प्रदान गरिएको पी.पी.ई.लाई प्राविधिक जनशक्ति तथा डाक्टरहरुलाई दिने र सामानको सही सदुपयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

त्यस्तै समाजिक विकास विकास मन्त्री कृष्ण सुवेदीले वल्र्डभिजन संस्थालाई पी.पी.इ. तथा इन्फ्रारेड थर्ममिटर सहयोगको लागि धन्यवाद दिनुभयो ।

प्रदेशलाई उपलब्ध गराएको पी.पी.इ रइन्फ्रारेड थर्ममिटर कैलाली जिल्लाम ५५ सेट, डोटी र अछाममा ५०/५० सेट, बझाङमा ४५ सेट रसोही जिल्लाहरुमा ४/४ लाई इन्फ्रारेड थर्ममिटर यससंस्थाको कार्यक्षत्रका जिल्ला विपद् ब्यवस्थापन समिति तथा स्थानीय सरकारहरु मार्फत वितरण गर्ने सहमति बमोजिम सम्बन्धित जिल्लामा पठाइएको छ।

वल्र्ड भिजन इन्टरनेसनल फिल्ड कार्यालयका पब्लिक इन्गेजमेन्ट विशेषज्ञ बिनय प्रकास बरालले कोविड१९ को प्रतिकार्यको लागि पहिलो चरणमा संघ, प्रदेश तथा स्थानीय तहलाई सहयोग गर्ने योजना अनुरुप पी.पी.इ र इन्फ्रारेड थर्ममिटर आवश्यकताको आधारमा सहयोग गरेको र अगामी दिनमा पनि थप सहयोग तथा सहकार्य गर्ने प्रतिवद्धता ब्यक्तः गर्नु भयो ।

साथै बरालले कैलाली, बझाङ डोटी र अछाममा जिल्ला विपद् ब्यवस्थान समितिलाई क्वारेन्टाइन निर्माणको सहयोग गरिसकेको र स्थानीय तहसँग मिलेर राहत वितरण पनि निरन्तर भइरहेको जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्