क्वारेन्टाइनबाट प्रेमीसँग भागेकी युवती प्रहरी फन्दामा



गोकुल घोरसाइने, बारा ।

क्वारेनटाइनबाट प्रेमीसँग भागेकी निजगढ नगरपालिकाका–१२ बार्थलिकी दुई छोरीकी आमा २२ वर्षीया एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर फेरि क्वारेन्टाइनमा राखेको छ ।

इलाका प्रहरी कार्यालय निजगढको टोलीले कोलगाउँस्थित सरस्वती आधारभूत विद्यालय क्वारेनटाइनबाट भागेकी युवतीलाई पूूर्वपश्चिम राजमार्गस्थित निजगढपूूर्वको भमरा जंगलमा प्रेमीसँगै नियन्त्रणमा लिए क्वारेन्टाइनमा राखेको हो ।

कुवेतबाट फर्किएकी आफ्नी दिदीको साथ लागेर पैदलमार्ग हुँदै वैशाख ६ गते निजगढस्थित दिदीको घर आइपुगेकी युवती रौतहट गुजरा नगरपालिकाका युवकसँग दोस्रो विवाह गर्ने उद्देश्यले भागेकी हुन् । १२ जनाको पैदलयात्रीको टोलीबाट उनीहरू काठमाडौंबाट पैदल ललितपुरको चापागाउँ हँुदै मकवानपुरको छतिवन निस्केर ३ दिनपछि निजगढ आइपुगेका थिए ।

गाउँमा स्वास्थ्यकर्मीले चेकजाँच क्रममा ज्वारो आएको पाएपछि दिदीबहिनी दुुवै एकान्तबास बसेका थिए । युवक भने मामाघरमा बस्ने भन्दै अघिल्लो दिनदेखि छतिवनबाटै छुट्टिएका थिए ।

क्वारेन्टाइन सुरक्षामा खटेका २ जना स्वयंसेवी कुरुवाहरूको आँखा छल्दै ५ दिनअघि राति उनीहरू भागेका हुन् । यात्राको क्रममा युवकसँग चिनजान र कुराकानी हुन थालेपछि दुवैको प्रेम सम्बन्ध शुरू भएको थियो । ‘ ेलासम्म उनीहरूको सम्बन्धबारे केही थाहा थिएन’, दिदीले भनिन्– ‘भोलिपल्ट बिहान उठेर ओछ्यानमा नदेखेपछि बुझ्दै जाँदा पो थाहा भयो, बहिनी त बाटोमासँगै आएका केटासँग राति नै भागिछे ।’

क्वारेन्टाइनमा बस्दा पनि बहिनीले फोनमा पटक–पटक लामो समयसम्म गफ्फिने गरेको भन्दै उनले सुनाइन्– ‘उनीहरूको यस्तो योजना रहेछ, उनले भनिन्, एकान्तबासमा बसेको ठाउँबाट भागेर बहिनीले परिवार र आफन्तको नै बेइज्जत गरिन् ।’

एकान्तबासमा बसेकी युवती हराएको घटनालाई गोप्य राख्न खोजिएकाले घटना ढिलो गरी बाहिरिएको हो ।

नगरपालिकाको अनुगमन तथा समन्वय समितिको बैठकमा नगर प्रमुख सुरेश खनालले घटनाको वास्तविक कुरा लुकाएउने प्रयास गर्दै मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई कोलगाउँको क्वारेन्टाइनबाट गौरीशंकर क्याम्पसमा सारिएको जानकारी गराउनुभएको थियो ।

तर, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोलले वैशाख ११ राति ती युवती प्रेमीसँग भागेको र प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले पनि भागेर रौतहट मैरास्थित घर जाँदै गरेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।

युवतीलाई निजगढ–९ स्थित गौरीशंकर कलेज र युवकलाई भने रौतहटको गुजरा नपाको जिम्मा लगाएर त्यहीको क्वारेन्टाइनमा राखिएको निरीक्षक थपलियाले जानकारी दिनुभयो ।

चितवन घर भएकी युवतीको ६ र ३ वर्षकी दुई छोरी छन् । श्रीमानसँग सम्बन्ध बिग्रेपछि उनी एक वर्षदेखि काठमाडौंमा डेरा गरेर बस्दै आएकी थिइन् ।
रोजगारीको क्रममा कुवेत पुगेकी दिदी पनि फागुन १८ गते नेपाल फर्किएपछि बहिनीसँगै डेरामा बस्दै आएकी थिइन् । श्रीमानसँग सम्बन्ध चिसिएपछि चितवन घर भएकी ती युवती १ वर्षदेखि काठमाडौं बस्दै आएकी थिइन् ।क

 

प्रतिक्रिया दिनुहोस्