पत्रकारलाई सुरक्षा सामग्री वितरण



सर्लाही, (नेस) ।

बरहथवा नगरपालिकाले नगरभित्रका क्रियाशील पत्रकारलाई मंगलबार प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ। बरहथवा नगरपलिकाका प्रमुख देवानन्द महतोले एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्वजिल्ला सभापति कृष्ण एस्मालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नगरभित्रका १० जना पत्रकारलाई प्रेस ज्याकेट, स्यानिटाइजर, ग्लोब्स र सर्जिकल मास्क प्रदान गरिएको हो। कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिममा पनि रिपोर्टिङ गर्न पर्ने भएकाले क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा बरहथवा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल सञ्चारकर्मीलगायतको उपस्थति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्