कालिगढलाई सुनचाँदीकाे राहत



न्युज अफ नेपाल, ललितुर ।

ललितपुर ललितपुर सुनचाँदी व्यवसायी संघले भारतीय मूलका बंगाली कालिगढहरूलाई राहत प्रदान गरेकाे छ । लकडाउन अवधि लम्बिएसंगै सुनचाँदीकाे काम गर्ने कालिगढहरूलाई दैनिकी चलाउन कठिनाई हुँदै गएपछि राहत वितरण गरिएकाे कार्यवाहक अध्यक्ष माेतिमान शाक्यले जानकारी दिनुभयाे । पाटन मंगलबजारकाे हःखा काेतपाटीमा सबै कालिगढहरूलाई बाेलाएर खाद्य सामग्री वितरण गरिएकाे थियाे ।

एक महिनालाई पुग्ने गरी खाद्य सामग्री प्रदान गरिएकाे संघले जनाएकाे छ । कार्यवाहक अध्यक्ष शाक्यका अनुसार २ सय जना कालिगढलाई प्रति व्यक्ति चामल ५ किलाे, अाँटा ३ किलाे, दाल १ किलाे, नुन १ पाकेट, चिनी १ किलाे वितरण गरिएकाे छ । राहत पाएपछि कालिगढहरूलाई खुशी हुँदै घरतिर लागेका थिए । ´संकटकाे समयमा घर जाने अवस्था छैन । भारतमा पनि लकडाउन छ ।

यहाँ बस्न पनि निकै कठिन भयाे । यस्ताे बेला राहतले केही समय ढुक्क हुने अवस्था बनाईदिएकाे छ ।` कालिगढ दीपक हुनियाले भन्नुभयाे । महानगरपालिकाले दिएकाे राहत प्रायः कालिगढहरूले नपाएकाेले संघले राहत वितरण गरेकाे महासचिव विपिन शाक्यकाे भनाई छ ।

संघका अनुसार ललितपुरमा सुनचाँदीकाे काम गर्ने करिब ५ सय जना कालिगढ रहेका छन् भने अधिकाशं भारतीय मूलका रहेका छन्ने । संघले दाेस्राे चरणकाे राहत नेपाली कालिगढलाई दिने याेजना बनाएकाे छ । यसअघि महानगरीय प्रहरी प्रभाग मंगलबजारलाई पनि राहत प्रदान गरेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्