वैशाख २६ गतेदेखि शेयर बजार खुल्ने



नेपाल समाचारपत्र, काठमाडौं

कोरोनाका कारण बन्द भएको शेयर बजार वैशाख २६ गतेबाट नियमित रुपमा सञ्चालमा आउने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्स) ले सूचना जारी गर्दै वैशाख २६ गतेबाट नियमित रुपमा बजार सञ्चालनमा आउन सक्ने भएकाले तयारी अवस्थामा रहनको लागि सबै निकायलाई आग्रह गरेको छ ।

कोरोनाका कारण सरकारले २५ गतेसम्मको लागि लकडाउन गरेको छ । त्यसको कारण सो दिनसम्म शेयर बजार बन्द हुने छ । सोमबार बसेको नेप्से सञ्चालक समितिको बैठकले धितोपत्र सूचीकरण नियमावली, २०७५ को नियम २१ को उपनियम १ अनुसार (काबु बाहिरको परिस्थितिमा) लकडाउन अवधिभर धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।

नेप्सेले २६ गतेबाट शेयर कारोबार गर्ने भए पनि अहिले धेरै नेपाली उपत्यका बाहिर गएका छन् । जसले गर्दा त्यो बेला बजार खोल्दा त्यसमा प्रभावकारिता नआउने बताइएको छ । नेप्सेले २६ गतेबाट बजार खोल्ने हो भने त्यसको लागि शेयर बजारसँग सम्बन्धि सबै निकाय लगानीकर्ता, धितोपत्र बोर्ड, सीडीएससी, डीपीलगायत सबै तयारी अवस्थामा बस्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्