हेलिकप्टरद्धारा महाकाली नदिमा बगेर अचेत भएकी सपनाको उद्दार



किरन धामी, दार्चुला ।

महाकाली नदिमा बगेर अचेत अवस्थामा रहेकी महाकाली नगरपालिका‐४ बंगाबगडकी ३० वर्षीय सपना तिंकरी ऐतवालको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेर थप उपचारका लागी कोहोलपुर मेडिकल कलेज कोहोलपुर लगेको छ । आज विहान करिव ६ः३० बजेतिर उनि नेपाल‐भारत सिमा भएर बग्ने महाकाली नदिमा बगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सदरमुकाम स्थित दुमपानी भन्ने स्थानबाट बगेकी उनि ७ सय मिटर तल गल्फै क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले जिवितै उद्दार गरी उपचारका लागी जिल्ला अस्पताल दार्चुला लगेका थिए । जिल्ला अस्पताल दार्चुलामा उनको उपचार सम्भव नभएपछि कोहोलपुर रेफर गरिएको अस्पतालका प्रमुख डा.गजेन्द्र दुवालले जानकारी दिनुभयो ।

३० वर्षीय महिलाको १० बजेर ४६ मिनेटमा नेपाली सेनाको दार्चुला स्थित दुर्गादल गुल्ममा ल्याण्ड भएको एन‐ए ०५५ कल साइन भएको हेलिकप्टबाट उद्दार गरिएको गुल्मपति श्यामराजा विक्रम थापाले बताउनुभयो । उनि नदिमा कसरी बगेकी हुन भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ । सपना अहिले सम्म अचेत अवस्थामा छिन् ।

प्रतिक्रिया दिनुहोस्