सल्यानमा छोराले गरे बाबुको हत्या



 न्युज अफ नेपाल, सल्यान

सल्यानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका अन्दाजी २१ वर्षिय सुरज वि.क. ले बाबु बुदे कामीको हत्या गरेका हुन । शनिबार साँझ सात बजे बाबुलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हत्याको आरोपमा छोरा सुरजलाई नियन्त्रत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको प्रहरीले बताएको छ ।

निज सुरजले यहि वैशाख १ गते आमाको पनि हात बाँचेको प्रहरीको भनाई छ । मृत्तक बुदे कामीको मुचुल्का पछि पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइने प्रहरी प्रमुख खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्