आगलागी हुँदा एक हजार कुखुरा नष्ट



मिला दरै, तनहुँ ।

कुखुरा फार्ममा आगलागीबाट एक हजार कुखुरा नष्ट भएको छ । भानु नगरपालिका–२ भकुन्थोकका हरि बस्यालको फार्म आगलागी हुँदा सो परिमाणको कुखुरा पूर्ण रुपमा नष्ट भएको हाे ।

फार्ममा करिव राती ३ बजे आगलागी भएको र फार्म समेत पूर्ण रुपमा जलेर नष्ट भएको कुखुरा पालक कृषक बस्यालले बताउनुभयो । उहाँका अनुसार फार्ममा आगलागी हुँदा करिव सात लाख बराबरको क्षति भएको छ ।

‘विक्री गर्न तयारी अवस्थामा रहेको कुखुरा आगलागी हुँदा सबै नष्ट भयो, ४५ दिनमा विक्री गरिन्छ, तर लकडाउनले गर्दा ४८ पुगेको थियो, विक्री भएको थिएन, आगलागी भएर सखाप भयो,’ -बस्यालले भन्नुभयो ।

आगलागी भएर फार्मको तार जाली, खरको छाना भएको खोरमा रहेका सामग्री पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । फार्ममा आगलागीबाट करिब सात लाख बराबरको क्षति पुगेको र कुखुरा फार्ममा आगलागी रातीमा भएकाले धेरै नोक्सान भएको लामिछानेले बताउनुभयो ।

‘आगलागीबाट फार्मको खरले छाएको खोर, जाली र फार्ममा रहेका सामग्रीहरु नष्ट भएका छन्, केही कुखुरा भने बाँकी रहेका छन्, कसरी आगलागी भयो भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ,’ -डिएसपी लामिछानेले भन्नुभयो ।

फार्ममा रहेको अटोमेटिकल मेसिन भने जडान भएको अवस्थामा भेटिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी समेत हुन सक्ने वा अन्य बाहिरी व्यक्तिले आगो लगाएको भन्ने विषयमा भने अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्