प्रदेश सांसद् कोषको रकम बालुवामा पानी



भूपराज बस्याल, स्याङ्जा ।

जील्लाको भीरकोट नगरपालिका–८ अन्तर्गत ढापुक फेदिदेखि सालिकोश गाउँ जोड्ने करिव ३ किलोमिटर ग्रामीण कृषि सडक विस्तार गर्दा चरम लापरवाही भएको पाइएको छ ।

विशेष गरि कृषि उपकरण ओसापसारका लागि निर्मित उक्त सडक अहिले हाइवे बनाइएको छ । तर, सो सडकको सुरुदेखि अन्त्यसम्म करिव १ सयजना भन्दा बढि किसानहरुको खति योग्य जमिन छ । एउटै गाउँका स्थानीयको सुविधाको लागि सडक विस्तार गर्दा किसानले सिँचाइका लागि प्रयोग गर्ने सयौंं कुला मासिएका छन् ।

तर, उक्त सडक आफुहरुसँग कुनै सहकार्य नभई विस्तार गरिएको भीरकोट नगरपालिकाका मेयर छायराम खनाल बताउँनुहुन्छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘उनीहरुले प्रदेश सांसद मोहन रेग्मीको कोषको बजेटले सडक विस्तार गरेका हुन् । यसमाहाम्रो कुनै हात छैन् ।’ यसरी बिना कुनै योजना बाटो खन्दा आफुहरु मारमा परेको स्थानीय किसान ढिल्लीराम रेग्मीले बताए ।

उनले भने‘अब बर्खा लागिसक्यो । रोपाई गर्ने बेला पनि आउन लाग्यो । कुला सबै बाटोले खाइसक्यो । हामीले धानको बीउ समेत राख्नपाएका छैनौं ।’ यस्तै अन्यथुप्रै विकल्प हुँदाहुँदै पनि सयौं किसानको गास खोसेर सडक विस्तार गर्न कुनै जरुरी नरहेको स्थानीय ठाकुरप्रसाद रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘सडक विस्तार गर्ने अन्य थुप्रै विकल्पहरु छन् ।

जाबो ५० जना गाउँका जनताका लागि सयौं किसानको खेति योग्य जमिन त मास्ने काम गर्न भएननी. ।’ यता सडक विस्तार गरेका उपभोक्ताहरुले भने प्रदेश स्तरबाटै बजेट परेकाले अन्य कुनै निकायसँग छलफल गर्न नपरेको बताएका छन् । सोही सडक उभोक्ता समितिका एक सदस्यले भने, हामीलाई सांसद मोहन रेग्मीले बजेट पारिदिनुभएको हो । हामीले जसरी बाटो खनेपनि अरुलाई के मतलब ।’

तर, सोही नगरका थुप्रै सरोकारवालाहरुले उक्त सांसद कोषको बजेट बालुवामा पानी खन्याइएको संज्ञा दिएका दिनुभएको छ । उहाँहरु भन्नुहुन्छ ‘चुनावमा भोट माग्दा गरेको बाचा पुरा गरे । तर सयौं स्थानीयको गास खोसियो ।’

बयरघारी बजारबाट ५, ६ किलोमिटर भित्र ग्रामीण कृषि सडकका नाममा परिचित उक्त सडकमा भने विरलै सवारी गुड्छन् । तर सडक सिद्धार्थ राजमार्ग भन्दा चौडा बनाइएको छ । यसकारण किसानहरुले यसको घोर विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्