रेमिट्यान्स आप्रवाहमा गम्भीर धक्का लाग्ने



नेपाल समाचारपत्र, काठमाडौं

विश्व बैंकले संसारभर रेमिट्यान्स आप्रवाहमा २० प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटका कारण रेमिट्यान्समा गिरावट आउने प्रक्षेपण उसले गरेको हो ।

विश्वव्यापी आर्थिक गतिविधिमा संकुचन आएका कारण मानिस बेरोजगार हुँदा रेमिट्यान्समा गिरावट आउने विश्व बैंकले जनाएको हो । न्यून तथा मध्यम आय भएका मुलुकमा ४४५ अर्ब डलर बराबरको क्षति हुने उसको अनुमान छ ।

‘विकासशील देशको मुख्य आयस्रोत रेमिट्यान्स हो । कोरोना भाइरसका कारण उत्पन्न आर्थिकमन्दीले कमाएर घर पठाउन सक्ने मानिसले पैसा पठाउन सक्दैनन्,’ विश्व बैंक समँहका अध्यक्ष डेबिड माल्पासले भन्नुभएको छ ।

विश्व बैंकले युरोप र मध्य एसियामा २७ दशमलव ५ प्रतिशतले रेमिट्यान्स घट्ने जनाएको छ । यसैगरी अफ्रिकामा २३ दशमलव १ प्रतिशतले, दक्षिण एसियामा २२ दशमलव १ प्रतिशतले, मध्यपूर्व तथा उत्तर अमेरिकामा १९ दशमलव ६ प्रतिशतले, दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा १९ दशमलव ३ प्रतिशतले र पूर्वी एसिया तथा प्रशान्तमा १३ प्रतिशतले रेमिट्यान्स घट्ने उसको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्