तेलको मुल्य सुन्य भन्दा तल



वासिंगटन (एजेन्सी)

अमेरिकी कच्चा तेलको मुल्य इतिहासमा पहिलो पटक सुन्य भन्दा पनि तल झरेको छ । यो गिरावटको सबैभन्दा तल्लो स्तर हो । कोरोनाका कारण कच्चा तेलको मागमा भारी कमी आउनु र भन्डारण ब्यवस्थाको कमीका कारण तेलको मुल्यमा यो गिरावट आएको हो ।

यो गिरावटको अर्थ तेल उत्पादक देश अब आफ्ना ग्राहकलाई उल्टो पैसा दिएर तेल किन्न अनुनय विनय गरिरहेका छन् । किनभने यदि तेल बिक्री नभएमा स्टोरेजको ठूलो समस्या आउने उनीहरुलाई डर छ ।

लक डाउनका कारण विश्व भरी मानिस घरमै छन् । तेलको मागमा कमी आउनुको सबैभन्दा ठुलो कारण पनि यही हो । स्टोरेजको समस्यालाई ध्यान राख्दै तेल कम्पनीहरु तेल स्टकमा राख्न ट्याँकर भाडामा लिइरहेका छन् । तर यसको असर अमेरिकाका तेल मुल्यमा पर्यो र नगेटिव सम्म झर्यो ।

अमेरिकी तेलको बेन्च मार्क मानिएको वेस्ट टेक्सस इन्टरमिडिएट (डब्ल्युटिआई) मा तेलको मुल्य सुन्यबाट तल झरेर माइनस ३७ दशमलव ६३ प्रतिब्यारेल पुगेका छ ।

सोमबार आएको गिरावटको असर विश्वभरीको तेल बजारमा देखिएको छ । अन्तराष्ट्रिय बेन्चमार्क बे्रन्टमा पनि कच्चा तेलको मुल्यमा ८ दशमलव ९ प्रतिशत गिरावट आएको छ । यहाँ तेलको मुल्य खस्केर २६ डलर प्रति ब्यारेलमा झरेको छ ।

यसै महिनाको सुरुआतमा ओपेक सदस्य देश र यसका सहयोगी तेल उत्पादन १० प्रतिशतसम्म कमी ल्याउन सहमत भएका थिए । तेल उत्पादनमा यति ठूलो परिमाणमा कमी ल्याउने यो पहिलो सहमति हो ।

यसअघि तेलको सबैभन्दा ठुलो निर्यातक ओपेक र यसका सहयोगी रुसले पहिले नै तेल उत्पादनमा किर्तिमान कमी ल्याउन सहमत भएको थियो । अमेरिका र बाँकी देशमा पनि तेल उत्पादनमा कमी ल्याउने फैसला लिइएको थियो । तर तेल उत्पादनमा कमी ल्याइएको बावजुद विश्वमा आवश्यक भन्दा अत्यधिक तेल उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्