कोरोना नियन्त्रणका सम्भावित दुई उपाय



सुरेशमान बिजुक्छे

कोरोनाको बारेमा उपलब्ध ज्ञान र तौरतरिका बाँड्ने सिलसिलामा एक व्यक्तिले श्वासप्रश्वास अंगहरुमा स्यानिटाइज गर्ने तरिकाको भिडियो सार्वजनिक गरेको थियो । त्यसैलाई विकसित गरेर अझ बढी प्रभावकारी र सरलीकृत गरी शब्दमा प्रस्तुत गर्दछु । म एक स्वास्थ्य प्राविधिकको हैसियतमा के जानकारी गराउन चाहन्छु भने, आधुनिक चिकित्सा प्रणालीमा स्वीकृत हुन तथ्यहरु वैज्ञानिकरुपमा प्रमाणित हुनु जरुरी हुन्छ ।

उदाहरणका लागि आन्द्रा वा श्वासनलीमा प्वाल परेपछि वा प्रोटिन जमेपछि मृत्यु हुन्छ भनेजस्तै औषधिले कीटाणुको कुन भागमा कसरी आक्रमण गरी कीटाणु मार्छ भन्ने तथ्य प्रमाणित गर्नुपर्ने हुन्छ । तर हालको संकटपूर्ण अवस्थामा तल मैले उल्लेख गरेका दुई उपाय प्रमाणित भइनसकेको भए पनि रुघाको उपचारमा प्रभावकारी र कोभिड–१९नियन्त्रणमा सहयोगी हुने आधार छन् ।

१. अदुवा–पानीः

पिसेको अदुवा र पानी उमाल्नुस् र दिनमा दुईपटक पिउनुस् । रुघा लागेको समयमाबेलुका यस्तो अदुवा–पानी पिएर सुतेमा बिहान उठ्दा रुघा निको भैसकेको आभास हुनेछ । यसका लागि मात्रा भने मिलाउनुपर्छ । बदामको भित्री २ वा ३ दाना जति पिसेको अदुवा र २ गिलास (३००–३५० एम.एल.) पानी मिलाएर पकाउनुपर्छ । रुघा लाग्दा वा रुघा लागेको मानिसमा यो प्रयोग गरेर हेरेमा तपाईंलाई विश्वास जाग्नेमा म विश्वस्त छु । अतः वैज्ञानिकरुपमा प्रमाणित भई नसके तापनि यो प्रयोगसिद्धचाहिँ हो ।

रुघाको जस्तै कोरोना पनि श्वासप्रश्वाससितै सम्बन्धित भाइरस हो । त्यसैले रुघामा यो असरदार भएकाले कोरोनाको लागि पनि असरदार हुने वा नियन्त्रणमा सहयोगी हुने अपेक्षा गर्न सकिन्छ । कोरोनालगायत अन्य कुनै पनि भाइरसको औषधि हालसम्म पत्ता नलागेकाले अरु उपाय पनि त छैन नि । एउटा तथ्यमा गलत बुझाइ नहोस् । त्यो के हो भने, भाइरल (विषाणु) संक्रमित भएर शरीर कमजोर हुँदाको अवसर छोपेर यदि ब्याक्टेरियल कीटाणुको संक्रमण (सेकेन्डरी इन्फेक्सन) भएमा चाहिँ कीटाणुको लागि एन्टिबायोटिक औषधि प्रयोग गनुपर्ने हुन्छ । यदि यस्तो भएको छैन भने सामान्यतया माथि बताइएको उपायबाटै रुघा निको हुन्छ । साथै कोरोनाको संक्रमण नियन्त्रणमा समेत सहयोग मिल्छ ।

२. विधिसम्मत अल्कोहलिक बाफः

स्यानिटाइजर मूलतः अल्कोहल हो । एउटा प्लेट वा कचौरामा उम्लेको पानी राख्नुस् । त्यसमाथि सो कचौराभन्दा केही बढी गोलाइको प्लेट वा कचौरा राख्नुस् । र,त्यसमा केही बिर्को ह्वीस्की वा रम वा भोड्का वा घरेलु मदिरा राख्नुस् । रुमाल वा कपडाले छोपेर, आँखा चिम्लेर बाफ लिनुस् । बाफ लिनुभन्दा पहिला बिस्तारै सबै श्वास छोड्नुस् अनि बिस्तारै मुखले बाफ लिनुस् र नाकले छोड्नुस् । बिस्तारै श्वास लिँदा पीरो हुन पाउँदैन र आँखा चिम्लँदा आँखामा पनि पीरो हुँदैन । यसो गर्दा श्वासनलीमा अल्कोहलको एक पत्र (लेयर)बन्छ, जसले श्वासनलीमा स्यानिटाइजरको काम गर्छ ।

यस प्रक्रियामा एक थोपा वा सो भन्दा कम मदिरा शरीरमा प्रवेश गर्ने हुनाले यसले कुनै नराम्रो असर गर्दैन । तर यो बिरामी र त्यसमा पनि श्वासप्रश्वासमा समस्या भएकाहरुले नगर्नुहोला । यसले नाक र सम्पूर्ण शरीर केही शुष्क महसुस हुन सक्छ । अतः सामान्य अवस्थामा यसको प्रयोगबारे व्यक्तिगतरुपमा आपैmं निर्णय लिनुस् ।तर संक्रमणको शंका भएमा सकभर शीघ्र अन्य औपचारिक उपायसँग यो पनि गर्दा राम्रै होला ।

विशेष गरी स्वास्थ्यकर्मी, प्रहरी÷सैनिक, पत्रकारलगायतका जोखिमयुक्त स्थानमा काम गर्नुपर्ने व्यक्तिहरुले त्यस्ता स्थानमा जानुअघि यी दुई उपाय पनि अपनाएको खण्डमा अझ राम्रो होला । अदुवा खाद्यवस्तु भएकोले अदुवा–पानीले केही हानि–नोक्सानी नगर्ने हुँदा योचाहिँ सामान्य अवस्थामा पनि नियमितरुपमा सेवन गर्ने सुझाव दिन्छु ।

यी उपाय प्रमाणित भइनसकेकाले संस्थापन पक्षले यसलाई आधिकाधिक रुप दिन सक्दैन । अतः यो आधिकाधिकरुपमा आउँदैन । तर प्रयोग सिद्धीका लागि पनि प्रयोगमा ल्याउनुपर्ने समय हो यो । कुरामा कुरा, हाम्रो भान्सामा प्रयोग गरिने वस्तुहरुमध्ये बेसारले क्यान्सर हुनबाट रोक्ने र घाउ–खटिरा निको हुन सघाउने बारेमा त वैज्ञानिकरुपमै प्रमाणित भइसकेको छ नि ।
(लेखक बिजुक्छे पूर्व प्रयोगशाला प्राविधिक अधिकृतहुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्