कोरोनासम्बन्धी नयाँ बीमालेख जारी



नेपाल समाचारपत्र, काठमाडौं

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट हुने रोगको रक्षावरण हुने गरी नयाँ बीमालेख जारी गरेको छ । समितिले कोभिड १९ बाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न उक्त बीमालेख जारी गरेको हो ।

उक्त बीमालेखमा हाल विद्यमान रहेको घातक रोगसरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत क र ख बीमांक कायम गर्ने समितिले जनाएको छ ।

एक लाख रुपियाँ र ५० हजार रुपियाँ बीमांकको अलग–अलग बीमालेख रहेका छन् । एक लाख बीमांकका लागि व्यक्तिगत रुपमा बीमा गर्दा प्रतिव्यक्ति एक हजार रुपियाँ र सम्पूर्ण परिवारको सदस्यको समेत गर्ने गरी बीमा समावेश भएमा प्रतिव्यक्ति ६ सय रुपियाँ बीमा शुल्क कायम गरिएको बीमा समितिले जनाएको छ ।

यस्तै ५० हजार रुपियाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५ सय रुपियाँ र परिवारको सम्पुर्ण सदस्यको बीमा गर्दा ३ सय रुपियाँ बीमा शुल्क कायम गरिएको छ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटिभ हुन साथ दाबी गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्