मुद्रा कोषले ऋण भुक्तानी गर्न ६ महिना म्याद थप्यो



नेपाल समाचारपत्र, काठमाडौं

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालसहित विश्वका २५ मुलुकको करिब ५० करोड अमेरिकी डलरबराबरको ऋण भुक्तानीको समयावधि बढाएको छ । कोषले विश्वभर कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक व्यवस्थापन गर्न संघर्ष गरिरहेका विश्वका अति निर्धन एवम् जोखिममा रहेका मुलुकलाई समयावधि थप गरेको हो ।

कोषले नेपालसहित अफगानिस्तान, हैटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमनलाई लाई ऋण भुक्तानी गर्न समयावधि थप गरेको हो ।

त्यस्तै १९ वटा मुलुकहरु बेनिन, बुर्किना फासो, मध्यअफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, म्याडागास्कार, मलावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोमे, सियरा लियोन र टोगोलाई पनि कोषले सो सुविधा दिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्