चुलो बाल्न भन्दै वडा कार्यालयले बाँड्यो राहात



दयाराम पण्डित, बाजुरा ।

नेपालकै कान्छा जनप्रतिनीधि एवं बडिमालिका नगरपािलका वडा नं ८का वडा अध्यक्ष प्रकाश रावलले सनिवार दिउँसो वडावासीलाई राहात सामाग्री वितरण गरेका छन् । विश्व कोरोना भाईरस कोभिड १९ को संक्रमणवाट बच्न लकडाउन भैरहेको वेला वडा अध्यक्ष रावलले चामल, नुन, र सावुन सहित राहात वितरण गरेका हुन् ।

बडिमालिका नगरपालिका वडा नं आठका ५९० परिवारको परिवारिक स्थिती हेरी ५ देखि २५ किलो चामल एक केजी नुन र एक चक्की साबुन बाँड्ने काम शुरु भएको वडाअध्यक्ष रावलले बताउनुभएको छ।

नेपाल लकडाउनको अवस्थालाई मध्यनजर गर्दै एक पटकमा बडीमा १० देखि १५ जना जम्मा गरेर राहात सामाग्री वितरण गरेको हो । वडावासीको खाद्यसंकट टार्न २५ क्वीन्टल चामल, ५ क्वीन्टल नुन र परिवार एक चक्की सावुन वितरण गरेका छन् ।

 

वडाको विपद ब्यबस्थापन कोषवाट खर्च गर्ने गरी बस्ती वस्तीमा पुगेर राहात विवतरण गर्न थालिएको वडा सदस्य नरवहादुर अयडीले बताउनु भएकोछ। लकडाउनका कारण दुध, दौरा गिट्टी वालुवा बेचर पनि पेट पालन नपाएको भन्दै वडाकार्यालयमा जनताको गुनासो आएकाले जनताको जीवन रक्षाका लागि राहात स्वरुप उपभोग्य सामाग्री वितरण गरेको वडा सदस्य अयडीले वताउनुभएको छ । खाद्यन्न अभावका कारण जयालमजदरी गरी पेटपाल्नेको विहान बेलुकी चुलोमा आगो वल्न छोडेपछि थारैभएपनि राहात महशुस भएको स्थानीले बताएका छन् ।

 

चैत्र महिनामा घरको अनाज सकिने र हिउँदेवाली पाकेको छैन । यसैपनि बाजुराका अधिकांश क्षेत्रमा यो समयमा खाद्यन्न शंकट हुने गर्दछ । कोरोना महामारीका कारण दैनिक ज्यालादारी काम पनि ठप्पभएपछि थप सास्ती ब्यहुर्नु परेको छ ।

 

करिव दुइसाता यता मार्तडी बजार लकडाउनका कारण ठप्प भएपछि दिनभर काम गरेर विहान वेल्की छाक टार्ने मज्दुर तथा कृषकलाई खाद्यन्न समस्या भएपछि ब्यक्तीगत लगानीमा राहात लगानी गरेको वडा अध्यक्ष रावलले बताउनु भएको छ।

 

लकडाउनका कारण रोजगारीका सबै वाटा बन्द भएपछि बाँच्न मुस्किल परेको अवस्थामा थोरै भएपनि राहात मिलेको स्थानीय युवा बीरबहादुर थापाले खुशी ब्यक्त गरेकाछन् ।

 

उक्त सामग्री एकलाख पचास हजार रुपैंया बरावरको रहेको छ । राहात सामग्री धनगडी र मार्तडीबजारवाट बाट खरिद गरी सिधै वडामा पु¥याएको वडा सदस्य अयडीले बताउनुभएको छ । मार्तडमा अरुवा मोटो चामल ४ हजार चार सय रुर्पैया प्रति क्वीटल पर्छ । वडा अध्यक्ष रावलले गत सातापनि वडावासीलाई २ हजार थान माक्स वितरण गरेका थिए ।

 

त्यसैगरी बाजुराका विभिन्न स्थानीय तहमा सावुन र माक्स वितरण गरेका खवर प्राप्त भएका छन् । कोरोनावाट बच्न बाजुराका नगरदेखि गाउँ वस्तीसम्म जनचेतना फैलाउने, हेल्पडेक्स, क्वारनटाइन तथा आइसोलेसन कक्ष व्यबस्थापन र राहात सामाग्री वितरण लगायतका कार्य तीब्ररुपमा भएका छन् । कोरोनाबाट बच्न शुरक्षा संयन्त्रको एकिकृत कार्य वाहेक अन्य स्थानीय वडा, प्रदेश र संघीय तहबाट आ-आफ्नै तौर तरिकावाट एकल कार्य भैरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्