सत्तारुढ दलका युवा र विद्यार्थीको सक्रियता ‘सुरक्षाकर्मी र क्वारेन्टाईनलाई सहयोग’



मोतीराम तिमल्सिना, काभ्रे ।

सत्तारुढ दल नेकपा निकट युवा र विद्यार्थीहरुले सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र निर्माण भएका क्वारेन्टाईनहरुका लागि सहयोग उपलब्ध गराएका छन् । साथै इन्सेकको पहलमा कैदीबन्दीहरुलाई कारागार भित्र औषधी उपलब्ध गराईएको छ ।

 

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीले प्रहरीलाई मास्क, पञ्जा, र स्यानिटाइजर उपलब्ध गराएको छ । अनेरास्ववियु काभ्रे जिल्ला कमिटीले ४ सय ५० वटा मास्क, ४ सय पञ्जा र स्यानिटाइजर हस्तान्तरण गरेको संयोजक उपेन्द्र शर्माले बताउनु भयो ।

 

जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामाग्री अभाव हुन थालेपछि अनेरास्ववियुले सहयोग गरेको अनेरास्ववियु काभ्रेका संयोजक उपेन्द्र शर्माले बताउनु भयो । सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण हुन नदिन थोरै भएपनि सहयोग गर्ने उदेश्यले अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको उहाँले बताउनु भयो ।

 

स्वास्थ्य सामाग्री ग्रहण गर्दै इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले संकटको समयमा सहयोग गरेकोमा धन्यवाद दिनु भएको थियो । जनताको लागि निरन्तर सेवा दिने सुरक्षाकर्मीहरुका लागि हुने भएकाले उक्त सेवामा साथ दिन तिमल्सिनाले अनुरोध गर्नु भएको छ ।

 

जिल्ला संयोजक शर्माले जस्तोसुकै परिस्थितीमा पनि आफुहरु प्रहरीलाई साथ दिन तयार रहेको बताउनु भयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रहरी, अनेरास्ववियु जिल्ला संयोजक शर्मासँगै जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

 

त्यस्तै ईन्सेक काभ्रेको सहकार्य तथा राष्ट्रिय यूवा संगठन नेपालको ब्यवस्थापनमा जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदीबन्दीहरुलाई औषधी वितरण गरिएको छ । सुगर, प्रेस, रुघोकोकी, सेनिटाइजर, साबुन, ग्लब्स लगायतका सामग्री जेलर जङ्गबहादुर राईलाई हस्तान्तरण गरिएको हो ।

 

जेलमा २ सय ३७ जना कैदीबन्दीहरु छन् । जस मध्ये केहि नियमित औषधी सेवन गर्ने विरामी छन् । कारगारमा ओजिला ५ वट्टा, जोसट २ वट्टा, क्लोनाज १ वट्टा, भल्परेन वट्टा, ट्रेड २५, २ वट्टा, डिटोल साबुन २४ पिस, ग्लोब्स ३० थान, स्यानेटाइजर २५ पिस, डिकोल्ड १०० फाइल र साईनेक्स ५० फाइल रहेका छन् ।

 

औषधी वितारण गर्नु हुदै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेद्रकुमार झाले कोरोना भाईसरले आक्रान्त भभई रहेको बेला कारगारभित्र रहेका बन्दीहरुका लागि ईन्सेक काभ्रेको पहलमा औषधी वितरण भएकोमा ईन्सेक काभ्रेलाई धन्यवाद दिनुभयो । उहाँले कारगारमा रहेका बन्दीहरुका लागि स्वास्थ्य कार्यालय काभ्रेले पनि सहयोग गर्ने बताउनु भयो ।

 

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य भेषराज शाह र जिल्ला संयोजक बिक्रम चौलागाई, इन्सेक काभ्रेका प्रतिनिधि हिरामान लामा लगायतको सहभागिता रहेको थियो ।

 

बन्दीहरुलाई मनकारी भावना बोकेर ईन्सेकको पहलमा आइपुगेका सहयोगी यूवा व्यवसायीहरुलाई कारगारका प्रमुख जेलर जङ्गबहादुर राईले धन्यवाद दिनुभयो । जेल सुधार गृह भएकाले जेल भित्र रहेका सबै कैदीबन्दीहरुको जीवनलाई सकारात्मक बाटोतर्फ डो¥याउन सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल काभ्रेका सयोजक बिक्रम चौलागाईं तथा काभ्रे राष्ट्रिय युवा संघका नेता जेशन घिसिङको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बनेपा, सडकमा डयुटीमा रहेका प्रहरीहरु, जिल्ला स्तरीय तथा नगर स्तरीय विपद व्यवस्थापन समितिलाई पानी उपलब्ध गराएको छ ।

 

५० कार्टुन पानी विभिन्न स्थानमा उपलब्ध गराईएको अध्यक्ष चौलागाईले बताउनु भयो । धुलिखेल नगरपालिकामा उपप्रमुख विमला शर्मा चौलागाईलाई पानी हस्तान्तरण गरिएको थियो ।

 

नगरपालिका संघको राहत र सहयोगमा जुटन् अपिल

 

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले विज्ञप्ती प्रकाशन गर्दै स्थानीय सरकारलाई राहत तथा ब्यवस्थापन तथा विपद जोखिममा समन्वयका साथै बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुको विवरण संकलनका लागि अनुरोध गर्नु भएको छ । कोभिड १९ संक्रमण बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुमा लगातार देखिएसँगै स्थानीय सरकारहरुले त्यसमा चासो देखाउन र त्यस्ता ब्यक्तिहरुको निगरानी गरी सकेसम्म घर भित्रै गुप्तबास रहन, केहि लक्षण देखिए स्थानीय स्वास्थ्य चौकी मार्फत नजिकको अस्पताल पु¥याउ, गुप्तबासका कारण नागरिकहरु संकटमा परे तत्काल राहत उपलब्ध गराई ब्यवस्थापन गर्न अध्यक्ष अशोक ब्यात्तजुले गर्नु भएको छ ।

 

देशभरका महानगर÷उपमहानगर र नगरपालिकाहरुलाई विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को कारणबाट विभिन्न देशहरुमा हजारौ मान्छेहरुले ज्यान गुमाउनुका साथै लाखौ मान्छेहरु यस रोगबाट प्रभावित भएको र विश्व स्वास्थ्य संगठनले पटक पटक नेपाल समेत उच्च जोखिममा रहेकाले विशेष सतर्कता अपनाउन नगरपालिका महासंघले अनुरोध गरेको छ ।

 

नेपालमा हालसम्म पाँच जना व्यक्तिहरुमा यस रोगको संक्रमणको औपचारीक पुष्टि भईसकेको अवस्था छ । विषेश गरी अन्यत्र मुलुकबाट नेपाल आएका मानिसहरुमा यस रोगको संक्रमण देखा परिरहेको परिप्रेक्षमा उक्त रोगको थप संक्रमणबाट जोगिन तथा जोगाउनका लागि अन्यत्र मुलुकबाट नेपाल आएका नेपाली नागरिकहरुको तथ्यांक संकलन गरी उचित व्यवस्थापन गर्नु जरुरी भएकाले त्यसको कार्यान्वयनको निमित्त सबै स्थानीय सरकारहरुले सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष ब्याञ्जुले अनुरोध गर्नु भएको छ ।

 

तसर्थ नगरपालिकाहरुद्वारा वडा अध्यक्ष, वडा सदस्य लागएत अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुको सहयोगमा विगत एक महिनादेखि अन्यत्र मुलुकहरुबाट नेपाल आई बसोबास गरेका नागरीकहरुको विवरण संकलन गरी प्रदेश सरकार, संघ सरकार तथा नेपाल नगरपालिका संघलाई उपलब्ध गराई सम्भावित महामारीको जोखिम न्युनीकारणमा गर्नका लागि यथासक्य भूमिका निर्वाह गर्न र नगरबासिहरुको सेवाका लागि सदैव सचेत रहन सम्पुर्ण नगरपालिकाहरुलाई अध्यक्ष ब्याञ्जुले अनुरोध गर्नु भएको छ ।

 

मजदुरको हितमा कार्यक्रम ल्याउन माग

 

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) विश्व समुदाय आक्रान्त बनेको सन्र्दभमा श्रमिक तथा मजदुरका सन्दर्भमा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं श्रमिक तथा मजदुर बिभाग संयोजक शिवप्रसाद हुमागाईले बिज्ञप्ति प्रकाशन गर्नु भएको छ । विज्ञप्तीमा ‘महामारी विरुद्ध राष्ट्रिय महाअभियान २०७६’ घोषणा गरि आवश्यक सामाग्री तत्काल उपलब्ध गराउने र जोहो गर्ने व्यवस्था गर्न, मेडिकल टिमलाई डब्लुएचओको मापदण्ड अनुरुप आवश्यक उपकरण, औजार र सामाग्रीको व्यवस्थापन गरि ‘सुरक्षित क्वारेन्टाइन’को निर्माण र राख्ने व्यवस्था गर्न, उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सबैखालका सुरक्षा उपलब्ध गराउन, ‘स्वास्थ्यकर्मी प्रोत्साहन प्याकेज’ घोषणा गर्न, सबै जिल्ला अस्पतालमा प्रशस्त मात्रामा पुग्नेगरी स्तरीय टेस्ट व्यवस्था गर्न, ‘हाम्रो स्वास्थ हाम्रो साबधानी’ रणनीति बनाई आवश्यक उपकरण, औषधि, सघन उपचार कक्ष, भेन्टिलेटर आदिको तयारी गर्न माग गरेको छ ।

 

महामारी नियन्त्रण गर्नका लागि राष्ट्रिय योजना कार्यन्वयन गर्ने सन्दर्भमा स्वास्थकर्मीहरुलाई उपचारमा एकरुपता कायम गराउन तत्काल कार्यशाला, सेमिनार, गोष्ठी र टे«निङ सञ्चालन गर्न, लकडाउनसँगै सबै क्षेत्र बन्द घोषणा गरेसंगै औधोगिक कलकारखाना, व्यापार व्यवसाय, सम्पुर्ण कार्यालयहरु बन्द भए ।

 

बन्द र लकडाउन भएपछि अलपत्र र अप्ठेरोमा परेका स्वदेश तथा विदेशमा काम गर्ने मजदुर, श्रमिकहरुलाई सुरक्षीत तवरले गन्तव्यसम्म पु¥याउने व्यवस्था गर्न, कम आय भएका, दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक र आमनागरिकलाई वर्गिय तहमा निर्धारण गरि सबै तहका सरकारको प्रभावकारी समन्वयमा ‘निशुल्क र सस्तो शुल्क’ राहत प्याकेजको व्यवस्था गर्न, लकडाउन लम्बिदै जादा आइपर्न सक्ने खाद्य तथा अत्यावश्यक संकटबाट बच्न ‘खाद्य तथा अत्यावश्यक सामाग्रीको जोहो गर्ने, भण्डारण गर्ने र वितरण गर्ने विधि र वातावरण’ बनाउन, न्यून आय भएका व्यक्ति, श्रमिक र मजदुरहरुका लागि ‘पूर्ण राहत प्याकेज’को व्यवस्था गर्न, संक्रमणको उच्च जोखिमको यस समयमा सरकारी एवम् उधोग वाणिज्य संघ मार्फत सुरक्षात्मक उपाय सहितका ‘अनलाइन सेवा, सहुलियत घुम्ती सेवा’ को व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै विपन्न एवम् मजदुरको छोराछोरीको हकमा आसन्न शैक्षिक सत्रको ‘अध्ययन शुल्क मिनाहा’ गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्