सिटिजन्स बैंक सुर्खेतस्थित आफ्नै भवनमा



काठमाडौं, (नेस)

सिटिजन्स बैंक इन्टरनेसनलले सुर्खेत शाखा कार्यालयभन्दा करिव ५ सय मिटर दक्षिण—पश्चिममा रहेको जुम्ला रोड, वीरेन्द्रनगर नगरपालिका–६स्थित आफ्नै भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार सञ्ंचालन गरेको छ।

 

उक्त भवनबाटै कर्णाली प्रदेशअन्तर्गत बैंकका ७ वटा शाखा (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेतबाट व्यापार बिस्तारका साथ साथै शाखासँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्य छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यका साथ प्रादेशिक कार्यालय स्थापना गरिएको छ।

 

पूजा पाठ गरी बैंकले सुर्खेत शाखा र कर्णाली प्रदेशको प्रादेशिक कार्यालयसंचालनमा ल्याएको हो। सिटिजन्स बैंक इन्टरनेसनलले ९४ वटा शाखा, ९४ वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाईबाट करिब पँँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्