सुन ५ सय रुपैयाँले बढ्यो


काठमाडौं ।

 

आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ५०० ले बढेर प्रतितोला रु ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

 

महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ । आज, चाँदी तोलामा रु २० ले बढेर प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

हिंजो विहिबार सुनको मूल्य तोलामा रु ७५ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य हिंजो रु ७४ हजार ७०० कायम गरिएको थियो । यस्तै हिंजो चाँदी प्रतितोला ६८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।