सामुहिक बलात्कार गर्ने तीन पक्राउ



काठमाडौ (नेस) ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१५ तिनथानाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ राप्तीगाउँपालिका–१ घर भएका संजय घर्तीमगर, सिन्धुली सुनकोशीगाउँपालिका–९ घरभएका पासाङ तामाङ र रामेछाप गोकुलगंगागाउँपालिका–२ घर भएका कपिल खड्का रहेका छन् ।

उनीहरुले सोही ठाउँस्थित सडक किनारामा पार्किंङ गरी राखेको ना.३ ख ६९४ नम्बरको ट्रकमा लगी ती किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्