सबै शैक्षिक परार्मश केन्द्र बन्द



काठमाडौं,(नेस) ।

शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले आज शुक्रबारदेखि इक्यान अन्तर्गतका सम्पूर्ण शैक्षिक परामर्श दातृसंस्था बन्द गर्ने निर्णय गरेको छ ।
चीनबाट फैलिएको कोभिड–१९ भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले सम्पूर्ण शैक्षिक संस्थासहित शैक्षिक परामर्श दातृ संस्थाहरु बन्दगर्ने
निर्णय गरेपछि सम्पूर्ण कार्यालय बन्दगर्ने निर्णय गरेको हो ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले ‘महामारीबाट बच्न हरेक नागरिकले आफू नै सचेत भएर सावधानीकाउपायहरु अपनाउनु अतिआवश्यकभएको छ । त्यसैले सम्पूर्ण संस्था बन्दगर्ने निर्णय भएको हो,’ उहाले भन्नुभयो ।

सबै शैक्षिक संस्था लगायत मानिसको चहल पहल हुनसक्ने सबै क्षेत्रहरुलाई आगामी चैत मसान्तसम्म बन्दगर्ने सरकारको निर्णयलाई समर्थन गर्दै सबै सदस्य संस्थाका कार्यालय तथा संघका कार्यालय समेत बन्दगरिएको इक्यानले जनाएको छ ।

इक्यानले सबै सदस्य कम्पनीहरुलाई निवासबाट नै सम्भव भए सम्म व्यवसायीक कार्यहरु सञ्चालन गर्न आग्रह गरेको छ ।

‘अति आवश्यक अवस्थामा मात्र सीमित व्यक्तिबाट जरुरी काम सम्पन्न गर्ने तर आम रुपमा सबै कार्यालयहरु आगामी चैत्र मसान्तसम्म बन्दगर्दै आफ्नो र परिवार र समूदायको स्वास्थ्य रक्षाका लागि सावधान रहन, सचेतनता अभिवृद्धि गर्न तथा कोही कोरोनाभाइरस संक्रमित फेला परेमा तत्काल स्वास्थ्य संस्थामा पुर्याउन सहयोग विज्ञप्तिमा आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्