प्रश्नपत्र सुरक्षित राख्ने समितिको निर्णय



National Examinations Board (NEB) Nepal. Photo: NEB

काठमाडौ,(नेस) ।

एसईई परीक्षा समितिले एसईई परीक्षाको प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा सुरक्षित राख्ने निर्णय गरको छ ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी सहितको सुरक्षा समितिको बैठकले सबै प्रश्नपत्र र उत्तरपुस्तिका प्रहरी कार्यालयमै सुरक्षित राख्ने निर्णय गरेको हो । हिजो शुक्रबारबाट शुरु हुने परीक्षा कोरोना भाइरसको त्रासका कारण स्थगित भएको थियो ।

शिक्षा सचिव महेश दाहालको संयोजकत्ववमा बिहीबार दिउँसो बसेको बैठकले प्रश्नपत्र ल्याउदा कठिन र खर्चबढी हुने भएपछि प्रहरी सुरक्षा घेराभित्र राख्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले सबै प्रश्नपत्र प्रहरी कार्यालयमा राख्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रालयमा बसेको बैठकमा तीनै सुरक्षा निकायका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

देशभरि १ हजार ९ सय ९५ परीक्षा केन्द्रका सबै प्रश्नपत्र प्रहरी सुरक्षाघेराभित्र राखिएको हो । यो वर्ष परीक्षा नियन्त्रण कार्यालयले करिव ५१ लाख थान प्रश्नपत्र छपाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्