हिमालयन बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा छुट



काठमाडौं, (नेस)

हिमालयन बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा काठमाडौं, पोखरा, चितवनलगायत देशका विभिन्न १०० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ।

बैंकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिसँंग एक सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त समूहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेहरुमा १०प्रतिशतको आकर्षक तथा विशेष छुटको व्यवस्था गरेको छ। बैंकका तर्फबाट बैंककमा महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिकलगायत अन्य स्थानहरुमा आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक, स्टेटमेन्ट आदि) प्रस्तुत गरेमा भारी छुट पाउने छन्।

 

 

प्रतिक्रिया दिनुहोस्