मास्क र स्यानिटाइजरको अभाव



लमजुङ, (नेस)

लमजुङ जिल्ला सामुदायिक अस्पताललगायत मेडिकल तथा फार्मेसीहरूमा मास्क र स्यानिटाइजरको अभाव भएको पाइएको छ। बंँेसीशहर नगरपालिकाले स्वास्थ्य संस्थाको बजार अनुगमनको क्रममा मास्क र स्यानिटाइजरको अभाव भएको पाइएको हो।

विश्वभर संक्रमण फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पनि रहेको र लमजुङमा पनि फैलन सक्ने भन्दै उपभोक्ताले धेरै खरिद गर्न थालेपछि अभाव भएको हो।

अनुगमनका संयोजक एवं बेँसीशहर नगरपालिकाकी शाखा अधिकृत सुशीला श्रेष्ठका अनुसार कोरोनाको त्राससँगै जिल्लाको स्वास्थ्य संस्थामा असर परे/नपरेको बारे बुझ्न अनुगमन गरिएको थियो। अनुगमनको क्रममा अधिकांश मेडिकलमा मास्क सकिएको अवस्था भेटिएको छ। स्यानिटाइजर न्यून मात्रामा रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्