अवैध भारतीय रुपियाँसहित पक्राउ



काठमाडौं, (नेस)

हेटौंडा उपमहानगरपालिका–१५ बाट स्रोत नखुलेको भारतीय रुपियाँ ९ लाख ९९ हजारसहित भारतीय नागरिक विजय चौधरीसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले लमहीबाट वीरगन्जतर्फ जाँदै गरेको डब्लुबी २३ई२३३३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त रुपियाँसहित फेला पारी पक्राउ गरेको थियो।

त्यसैगरी, धनुषाको जनकपुर एयरपोर्टबाट २ हजार दरको नोट १ सय ५० थानमा रहेको ३ लाख स्रोत नखुलेको भारतीय रुपियाँसहित भारतीय नागरिक शिवम कुमारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जनकपुरबाट काठमाडौं आउन लागेका कुमारलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपियाँसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्