भारतीय नागरिक मृत भेटिए



घनश्याम बगाले, नवलपरासी ।

कावासोती १३ गैरीमा मंगलबार दिउसो स्थानीय एक घरमा भारतीय नागरिक मृत भेटिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार मृत्य हुनेमा भारत घर बताउने करिव ४५ वर्षीय मनोज चौधरी रहेका छन् ।

 

निमार्ण व्यावसायी पर्सुराम भुसालको गैरी स्थित निर्माणाधिन भवनको तल्लो तलमा बस्दै आएका चौधरी बाहिर वरण्डामा मृत भेटिए पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

 

प्रहरीले चौधरीको शवलाई मोष्टमार्टमका लागि चितवन अस्पताल पठाई घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक गणेश बहादुर नरालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्