कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी समातिए



काठमाडौं, (नेस)।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका–६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रणबहादुर थापालाई सोही ठाउँबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।

अंशसम्बन्धी विवादको कारण थापाले आफ्नै सौतेनी आमा साइली थापालाई २०५८ माघ १४ गते आफ्नै घरभित्र घाँटी थिचेर हत्या गरी घटनापश्चात् फरार रहेका थिए।

फरार थापा लामो समयसम्म काठमाडौं टेकुमा लुकीछिपी बसी पछिल्लो समयमा आफ्नै घरमा गएर बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ। थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्