कोरोना आउन नदिन मन्दिरमा भाकल



नेपाल समाचारपत्र, डोटी 

विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जिल्लामा नओस् भन्दै सुदूरपश्चिमको प्रशिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ।

जिल्लावासी धार्मिक आस्थाप्रति विश्वास राख्ने तथा भगवान्ले भक्तजनको मनोकामना तथा भाकल पूरा गर्ने भएकाले कोरोना भाइरसको संक्रमण जिल्लामा फैलन नदिन शैलेश्वरी मातासँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्टले बताउनुभयो।

‘कोरोना आउन नलिन हामीले शैलेश्वरी मातासंग भाकल गरेका छौं, सायद संक्रमण हाम्रो जिल्लामा आउनेछैन्।’ –उहाँले भन्नुभयो। उहाँका अनुसार कोराना भाइरस संक्रमण नहोस् भन्नका लागि आउँदोे वैशाख महिनासम्ममा शैलेश्वरी मन्दिरमा दैनिक क्षमापूजासमेत गरिनेछ। शेलेश्वरी मन्दिरमा गरिएको भाकलका लागि यहाँका स्थानीय तहहरूले पनि सहयोग गर्ने भएका छन्। सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाका संक्रमित देखिएपछि उक्त रोग सुदूरपश्चिममा पनि फैलिन सक्ने भन्दै स्थानीयमा त्रास फैलिएको छ।

त्यसै गरी कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित डोटीको जोरायल गाउँपालिका–२ बुडर स्वास्थ्य चौकीमा, दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पतालमा, आदर्श गाउँपालिका–३ मौवा नगरदहमा रहेको मौवा स्वास्थ्य चौकीमा र जिल्ला अस्पताल डोटीमा कोरोना जोखिम न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थामा आइसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मीको समयमा हुन सक्ने आगलागी, चट्याङजस्ता घटनाबाट बच्च पूर्वतयारी गर्ने, क्वारेन्टाइनका लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलिप्याडको निर्माण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन सञ्चय गरेर राख्न उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रमहरू गरिने प्रजिअ पौडेलले जानकारी दिनुभयो।

कोरोना सहायता कक्ष

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरमा रहेको छतिवन स्वास्थ्य चौकी, दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पताल, आदर्श गाउँपालिका–३ मौवा नगरदहमा रहेको मौवा स्वास्थ्य चौकी र जिल्ला अस्पताल डोटीमा उक्त सहायता कक्ष स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा आइसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मीको समयमा हुन सक्ने आगलागी, चट्याङजस्ता घटनाबाट बच्च पूर्वतयारी गर्ने, क्वारेन्टाइनका लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलिप्याडको निमार्ण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन सञ्चय गरेर राख्न उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रमहरू गर्ने योजना रहेको हो।

भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरसका संक्रमित फेला परेपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ।

प्रतिक्रिया दिनुहोस्