सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग



काठमाडौं, (नेस)

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एक लाखको चेक हस्तान्तरण गरेको हो।

 

करिव २९ वर्षदेखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाको सशक्तिकरण तथा बालबालिकाको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन ‘आसमान’ ले उक्त आर्थिक सहयोग पिछडिएका विद्यार्थी को उत्थनमा प्रयोग गर्ने जनाएको छ।

 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ एकाईबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्