बैंक अफ काठमाण्डूको २५औं वार्षिकोत्सव



काठमाडौं, (नेस)

बैंक अफ काठमाण्डूले २५औं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमको कार्यविधि बनाई सञ्चालन गर्दै आएको छ। जसअन्र्तगत बैंकको प्रधान कार्यालयसहित सम्पूर्ण शाखा कार्यालयमा उत्सव स्वरूप सम्पूर्ण कर्मचारीको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको हो।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्