व्यवस्थापन समितिमा आचार्य



जाजरकोट, (नेस) ।

भुमेश्वर तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको साधारणसभाले अम्बिकाप्रसाद आचार्यलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। व्यवस्थापन समितिको नवौं वार्षिक साधारणसभाले अध्यक्षमा आचार्यलाई सर्वसम्मत चयन गरेको हो।

 

भेरी नगरपालिका–१३ मा अवस्थित भेरी नदीको किनारमा रहेको पवित्र तीर्थस्थल सुधार गरी पर्यटकीय क्षेत्रका रुपमा परिचित गर्न ६० जना धर्मप्रति आस्था राख्ने व्यक्ति आजीवन सदस्य भएका छन्। ६० जना आजीवन सदस्यले समिति छनोट गरेका हुन्। वितग ९ वर्ष पहिले भुमेश्वर गुफा वडार थियो। अहिले उक्त गुफा भूमेश्वर राधाकृष्ण मन्दिरको नामले परिचित छ।

 

बिहीबार सम्पन्न साधारणसभाले अध्यक्षमा अम्बिकाप्रसाद आचार्य, उपाध्यक्ष पदमबहादुर वटाला, महासचिव गणेश आरसी, सचिव जनकप्रसाद शर्मा, सहसचिव दलवीर गिरी, कोषाध्यक्ष मोतीकला गिरीसहित १० जना सदस्य सर्वसम्मत चयन गरेको छ।

 

भुमेश्वर तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको सल्लाहकार सदस्यमा रामप्रसाद आचार्य रामानन्द गुरु, धु्रवप्रसाद शर्मा, प्रसाद गिरी, शिक्षक मित्रलाल गौतम रहनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्