अढाइ किलो चाँदीसहित पक्राउ



हेटौंडा, (नेस)

प्रहरीले हेटौंडा–१९ स्थित नेवारपानी सडकमा शंकास्पद् रुपमा झोला बोकेर हिँडिरहेका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर–७ बस्ने वर्ष ३६ का कृष्ण रसाइलीलाई अवैध चाँदीसहित पक्राउ गरेको छ।

उनलाई सूचना पुर्जी थमाएर शरीर तथा पिठ्युँमा बोकेको झोला खानतलासी गर्दा झोलाभित्र भन्सार छलिएको चाँदीसहित शुक्रबार राति करिब पौने ८ बजे पक्राउ गरिएको हो।

उनको साथबाट चाँदीजस्तो देखिने सेतो धातुको पत्थर भएको आंैठी १७ वटा, पत्थर नभएको आंैठी १९ वटा, लेडिज औंठी २८ वटा, पत्थर नभएको लेडिज औंठी ३ वटा, पत्थर भएको सानो बाला ७२ पिस, पत्थर भएको ठूलो बाला १ वटा, पत्थर नभएको बाला ३ वटा, पत्थर नभएको सानो बाला ९ वटा, पत्थर नभएको बाला २० वटा, बेरिएको सानो बाला ५० वटा, पत्थर नभएको ब्रासलेट १५ वटा, पत्थर भएको लेडिज ब्रासलेट २ वटा, भगवानको सानो मूर्ति ५७ वटा र सानो बाला ४ वटासहित चाँदीका ससाना दाना गरी २ किलो ४ सय ६० ग्राम ३ सय ३१ मिग्रा चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रति १० ग्रामको ७ सय २० रुपियाँका दरले १ लाख ७७ हजार १ सय ४३ रुपियाँ मूल्यबराबरको चाँदी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगन्जमा अभियुक्त र चाँदी पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्