शेयर बजारमा झिनो सुधार



काठमाडौं, (नेस)

अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजारमा सोमबार भने सामान्य सुधार आएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ३५ अंकले सुधार आएर १३१६ दशमलव ३९ बिन्दुमा पुगेको छ।

सोमबार १ सय ८० वटा कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता शेयर १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८ सय ७७ रुपियाँ बराबरको कारोबार भएको छ।

उत्पादनमुलक, होटल र म्युचुअल फन्डबाहेक सबै उप–समूहमा हरियाली छाएको छ। निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै ५३ अंकको वृद्धि आएको छ।

जीवन बीमामा ४८, लघुवित्तमा २३, विकास बैंकमा ८, वित्त र अन्यमा ३/३, व्यापारमा २, वाणिज्य बैंक र जलविद्युतमा १/१ अंकको सुधार आएको छ।

यसदिन सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। यस कम्पनीले १५ करोड ४० लाख रुपियाँभन्दा बढीको कारोबार गरेको छ।

सोमबार सबैभन्दा बढी कमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशत कमाएका छन्। यस्तै सबैभन्दा धेरै गुमाउनेमा युनिलिभर नेपालका लगानीकर्ता छन्। यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीले गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्