गभर्नरको बिदाइ भेटघाट



काठमाडौं (नेस)

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुसँग बिदाई भेट गर्नुभएको छ।

कार्यकाल सकिनुभन्दा दुई दिन अगाडि राष्ट्र बैंकमा बोलाएर गभर्नर नेपालले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोसिएसन, फाइनान्स कम्पनी बैंकर संघ र माइक्रोफाइनान्स बैंकर संघका पदाधिकारीहरुसँग बिदाई भेट गर्नुभएको हो।

कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका बाहेक अन्य सरोकारवालाहरू र राष्ट्र बैंकका केही अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्