घरभाडामा ५० प्रतिशत छुट गर्न होटल व्यवसायीको माग



बुटवल, (नेस)

कोरोना भाइरसको संक्रमणले विश्व समुदायलाई गम्भीर रूपमा प्रभावित गरिरहेको र यसको प्रभावले होटल तथा रेष्टुरेन्ट व्यवसायीको पेसा नै संकटमा पर्न गएकाले व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिन माग गरिएको छ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको सोमबार बसेको विशेष बैठकले कोरोना भाइरसका कारण होटल व्यवसायी धरासयी भएको र यसको न्यूनीकरण नहुँदासम्म घर धनीलाई साविकको भाडामा ५० प्रतिशत छुट गरी व्यवसायीलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको अध्यक्ष समुन्द्र जिसी र महासचिव माधवकुमार खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यसैगरी बैक तथा वित्तिय संस्थाबाट होटल व्यसायीले लिएको व्यावसायिक कर्जाको ब्याजमा सहुलियत प्रदान गर्न पनि बैठकले माग गरेको छ। नोबल कोरोना भाइरसको संक्रमण भइ विरामीलाई आइसोलेशनमा राख्न प्रदेश सरकारलाई आश्यक परेमा होटल व्यवसायीले आफ्ना होटल खाली गरी उपलब्ध गराउन सक्ने समेत बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएका छ।

 

 

प्रतिक्रिया दिनुहोस्