गाउँकै विद्यालयमा एसईई दिने व्यवस्था



नेपाल समाचारपत्र, तनहुँ

आगामी चैत्र ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को केही दिनमा हुँदै छ । उक्त परीक्षाका लागि ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा समेत केन्द्र तोकिएको छ । गाउँकै विद्यालयमा केन्द्र तोकिएकाले परीक्षा दिनका परीक्षार्थीलाई शहर झर्नुपर्ने बाध्यता हटेको छ ।

गत वर्षसम्म शहर केन्द्रित विद्यालयमा मात्र केन्द्र तोकिँदै आएको थियो । सिंहदबवार अधिकार गाउँ–गाउँमा पु¥याउने संघीयताको उद्देश्यअनुरुप तनहुँको १० वटै स्थानीय तहमा केन्द्र तोकिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख रमाकान्त शर्माले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार गतवर्षसम्म जिल्लाको ऋषिङ र घिरिङ क्षेत्रका विद्यार्थी परीक्षा दिनका लागि भिमाद, खैरेनीटार, दुलेगौंडालगायतका विद्यालयमा निर्धारण गरिएको केन्द्रमा आउनुपर्ने बाध्यता रहेको थियो ।

 

यस वर्ष ऋषिङको शिव सरस्वती मावि र घिरिङको चन्द्रज्योति माविमा परीक्षा केन्द्र तोकिएको एकाइले जनाएको छ । केन्द्रका अनुसार ६ हजार २ सय ८१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।

 

जसमध्ये ३ हजार १ सय ५३ जना छात्रा र ३ हजार १ सय १५ जना छात्र रहेका छन् । उनीहरुमध्ये ९७ जना प्राविधिकतर्फका विद्यार्थी रहेका छन् । जिल्लाका १ सय १५ सामुदायिक र ५९ संस्थागत गरी १ सय ७४ विद्यालयका परीक्षार्थीले २४ परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् ।

 

एकाइले यस वर्ष ५० जना ग्रेट वृद्धिका लािग परीक्षामा सामेल हुनेहरु पनि रहेको जनाएको छ । जिल्लाका परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी निर्मल मावि दमैलीबाट ४ सय ८६ र सबैभन्दा कम क्यामिन मावि कोलेस्तीबाट १ सय ८६ जना विद्यार्थी परीक्षामा सहभागी हुने शर्माले जानकारी दिनुभयो । यस वर्ष ९७ जना परीक्षार्थी प्राविधिकतर्फबाट सहभागी भएका केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्