महिला मृत फेला



गुल्मी, (नेस)

एक महिलाको मृत फेला परेकी छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ बिरवासमा अन्दाजी ३४ वर्षीय बिन्दु थापा मृत अबस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताउनुभयो ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिँडेकी महिलाको शव भीरमा भेटिएको प्रहरी उपरक्षिक खड्काले बताउनुभयो ।

शवलाई पोस्टमार्टम गर्नका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्