७८ हजार थान माक्स कालोवजारी गर्ने पक्राउ



काठमाडौ(नेस) ।

महानगरीय प्रहरी वृत्त बानेश्वर र स्वयम्भुबाट खटिएको प्रहरी टोलीले यही चैत्र १ गते दिउँसो काठमाडौ महानगरपालिका १५ डल्लु आवसमा मिन्टु तामाङ्गले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट ७८ हजार थान माक्स सहित ८ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मिन्टु तामाङ्ग, मानकाजी लामा, अनिष कार्की, थुमराज उपाध्याय, निर्प कार्की, उज्जल अधिकारीको, शिव खडका र निशान तामाङ्ग छन् ।

सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बजारमा कृत्रिम अभाव हुने गरि फेस माक्स लुकाई बढि मुल्यमा उनीहरूले बिक्री बितरण गरी रहेको अवस्थामा ७८ हजार थान माक्स बरामद गरेको हो ।

 

प्रारम्भिक अनुसन्धानमा ५ रुपिया भन्दा कम पर्ने माक्सलाई मुल्य ३१ कायम गरि बिक्री बितरण गर्न लागिरहेको देखिएको र उनीहरुलाई कालोबजारी ऐन अन्तगत कारवाही हुने महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्