भन्सार छली ल्याएका कपडा समातियो



काठमाडौं, (नेस) ।

नागढुंगाबाट रा.१ च ९४३ नम्वरको गाडीमा भन्सार छली ल्याएका करिब ६ लाख रुपैयाँ बराबरका ८ वटा बोरामा रहेका कपडाहरु आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

 

उक्त गाडीलाई जाँच गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा बिल भर्पाई नभएको कपडाहरु फेला पारी गाडी चालक रुकुम आठबिसकोट नगरपालिका–४ बस्ने द्रोण केसीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

 

प्रारम्भिक अनुसन्धानको क्रममा कपडाहरू चितवनबाट काठमाडौं ल्याउँदै गरेको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान तथा कारवाहीको लागि सवारी चालक, सवारी साधन तथा बरामद गरिएको कपडाहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्