एक वर्षमा १६ सय ३ पीडित



बाँके, (नेस)

सन् २०१९ मा ५ नम्बर प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट १ हजार ६ सय ३ जना पीडित भएका छन्। इन्सेकले निकालेको तथ्यांकमा मानव अधिकार उल्लंघनका घटनामा दश महिला र १ सय ६१ पुरुष गरी १ सय ७१ जना पीडित भएका छन्।

१ हजार तीन सय १५ महिला र १ सय १७ जना पुरुष ज्यादतिमा परेका छन्। राज्य पक्षबाट दुई जनाको हत्या, एक सय ४४ जनाको गिरफ्तार, चार जनालाई कुटपिट, घाइते आठ जना, यातना एक जना, अभिव्यक्ति भेला तथा संगठित हुने अधिकारमा दश जना र महिला अधिकारमा एकजना पीडित भएका छन्।

इन्सेकका प्रदेश संयोजक भोला महतका अनुसार, सन् २०१९ मा बाल अधिकारका घटनामा दुई सय ५५ जना बालिका र २८ जना बालकपीडित भएका थिए। यो वर्ष भएका बालअधिकारका घटनामा बालविवाहमा पाँच, बेचबिखनबाट ३८ जना, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट १६ जना, बलात्कार तथा यौन दुव्र्यवहार घटनामा २ सय २० जना पीडित भए।

सन् २०१८ मा १ सय १२ जना बालिका र २ सय १ जना महिला बलात्कार तथा यौन दुव्र्यवहारमा परेका थिए।

यो वर्ष विगतमा झै महिलामाथि हुने हिंसाका घटनामा कमी नआएको इन्सेकको तथ्यांकले देखाएको छ। १ हजार ६० जना महिला हिंसामा परेका छन्। परिवारजनबाट २२ जना महिलाको हत्या भयो।

 

प्रतिक्रिया दिनुहोस्