दुई युवाको शव फेला



पाल्पा, (नेस) ।
मंगलबार दुई युवाको शव फेला परेको छ। अत्यधिक मापसेका कारण सडकनजिकै लडेर पाल्पामा एक युवाको ज्यान गएको छ। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तल्लो डुम्रेनजिकै सडकबाट लडेका तानसेन–७ बर्तुकका ३८ वर्षीय रेलबहादुर रानाको मृत्यु भएको प्रभाष प्रहरी चौकी पाल्पाले जनाएको छ।
प्रहरी चौकी प्रभाषका प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले अत्याधिक मापसेका कारण सडक नजिकैबाट लडेर रानाको मृत्यु भएको बताउनुभयो। अत्यधिक मापसेका कारण सडक नजिकै लडेका रानाको राति कठ्यांग्रिएर मृत्यु भएको उहाँले बताउनुभयो। शबको पोस्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच जिल्लाको तिनाउ खोलामा रहेको तिनाउ जलविद्युत् केन्द्रको ड्याम साइडमा पौडी खेल्ने क्रममा बेपत्ता भएका रुपन्देही तिलोत्तमा नगरपालिका–७ भलवाडीका २१ वर्षका प्रदीप रोका मृत अवस्थामा फेला परेका छन्।
साथीहरूसँगै खोलामा पौडी खेल्ने क्रममा २४ गते (शनिबार) देखि बेपत्ता भएका रोका मंगलबार दिउँसो २ बजेको समयमा मृत अवस्थामा फेला परेका हुन्। प्रहरी चौकी दोभान पाल्पाबाट खटिएका टोलीले ड्याम साइडदेखि १ किमि तल पानीमा तैरिरहेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्