उच्च सतर्कता अपनाउन पत्रकारलाई आग्रह 



नेपाल समाचारपत्र, काठमाडौं
विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा नेपालसमेत परेकोमा नेपाल पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ।
जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका पत्रकारहरू समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भीडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।
समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भीडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।
साथै, पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन महासंघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसँग छलफल गरी आवश्यक कार्यअघि बढाएको छ। महासंघ सञ्चार प्रतिष्ठानलाई पनि कार्यस्थलमा खटिने पत्रकारका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गरेको छ।
साथै, कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्यतथ्य र यथार्थपरक समाचार सम्प्रेषण गरी जनतालाई सही सूचना प्रवाह गर्न महासंघले आग्रह गरेको छ।
यस्तो परिस्थितिमा समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारले अपनाउनुपर्ने विधिका बारेमा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड सञ्चारगृह र पत्रकारहरूलाई उपलब्ध गराउने तयारी महासंघले गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्