रविन्द्र स्मृति पार्क बन्दै



दिलकुमार लिम्बू, ताप्लेजुङ ।

हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाममा स्मृति पार्क बन्ने भएको छ ।
डिपिआरका लागि फुङलिङ नगरपालिका वडा नम्बर ११ फुम्बोको गोरुजरे क्षेत्र देखाइएको छ ।

यो क्षेत्र दुईवटा सामुदायिक वनको क्षेत्र पर्छ दुवै सामूदायिक वनको सिफारिसमा डिभिजन वन कार्यालयले संरचना निर्माणका लागि सरकारसंग नुमती माग्ने र डिपिआरआनुसार निर्माण गर्ने फुलिङनगरपालिका प्रमुख छत्रपती प्याकुरेल जानकारी दिनु भयो ।

प्रारम्भिक छलफलअनुसार पाथीभरा जाने सडकनजिकै रहेको गोरुजुरे डाँडामा स्काईभेटर जस्ता मेसिन नलगाईकनै संरचना निर्माण गरीने भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेका अनुसार मोटरबाटो बाट उकालो जानका लागि तीन मिटर चौडाईको ढुङगाको सिंढि बनाइने र अहिलेको जमिनलाई नविकारीकनै रविन्द्र अधिकारीका साथै दिवंगत ६ जनाको शालिक राखिनेछ ।

पार्क अधिकारी दिवंगत भएको भन्दा चार किलोमिटर तल वनाउन लागिएको हो र पाथीभरामा केवलकार निर्माण भएपछि मानिस पार्कका लागि माथीसम्म नपुग्ने र ओझेलमा पर्ने भएकाले गोरुजुरेलाई रोजिएको फुङलिङ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष गमवहादुर फुरुम्बोले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटना भएको ठाउँमा बनाउँदा त्यहाँ जान र पार्क बनाउने लागत ठुलो लनग्ने साथै रुख बिरुवापनि धेरै विनास हुने भएकाले पार्क निर्माणका लागि नेपाल सरकारले फुङलिङ नगरपालिकालाई ५ लाख रुपैंया दिएको छ ।

शहरी विकास इलाममा २ लाख छ । प्रदेश सरकारले छुट्याएको २ लाखवाट डिपिआर सुरु गर्ने भएको हो । एक सातामा डिपिआर आउने, नगरपालिका बाँकि पैसाको ठेक्का लगाएर संरचना निर्माणको काम थाल्ने पुलिङनगरपालिका प्रमुख प्याकुरेल जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्